२३ भाद्र २०८१, आइतबार | September 8, 2024

पाठेघरको समस्या लिएर अस्पताल पुगेकी महिलाको मृत्यु, स्वास्थ्यकर्मी पक्राउ


November 8, 2023
0
Shares

काठमाडौं, २२ कात्तिक । रौतहटबाट एक पुरुषलाई प्रहरीले पक्राउ परेका छन् । एक महिला बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीको टोलीले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेको हो । २० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका–८ कि ३० वर्षकी नुरजहान खातुनको शल्यक्रिया गरिएको थियो । तर अपरेशनपछि रक्तश्राब नरोकिएपछि उनको २१ कात्तिकको अपरान्ह ५ बजे उक्त अस्पतालले वीरगञ्ज रिफर गरेको थियो । वीरगञ्जको मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको बताइएको छ ।

महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया