८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

मध्यपुरथिमीको विशिष्ट पहिचान औल्याउँदै विकासमा प्रतिवद्ध हुन मेयर सुरेन्द्र श्रेष्ठको आग्रह


November 5, 2023
1.4k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा विकासले निकै गति लिइरहेको छ । नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगरलाई समग्र विकासमा फड्को दिलाउन भिजन र मिसन नै बनाएका छन् ।

मेयर श्रेष्ठले विकास आफ्नो अर्जुनदृष्टि भएको बताउँदै मध्यपुरथिमिलाई देशकै नमूना नगर बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।उनले वडा नं १ देखि वडा नं ९ सम्मका वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई विकासमा एकढिक्का भई समन्वयसहित काम गर्न आग्रह समेत गरेका छन् ।

मध्यपुरथिमि देशको महत्वपूर्ण स्थानमा अवस्थित रहेकाले यसको विशेष महत्व समेत रहेको उनको भनाई छ । सांस्कृतिक नगरी मध्यपुरथिमिको देशभित्र नभई विश्वभर विशिष्ट पहिचान भएको उल्लेख गर्दै यसलाई अझ विश्वसामु परिचित गराउने दायित्व बोध गरी कार्य गरिरहेको बताए । नगरको ऐतिहासिक महत्व उल्लेख गर्दै धार्मिक र सांस्कृतिक विशेषताको संवद्र्धन र प्रवद्र्धनमा समेत जोड दिए ।

प्रतिक्रिया