संसद बैठक बस्दै

काठमाडौं, १२ कात्तिक । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको हो ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।