नेपाल प्रहरीका कैलाश लिम्बूलाई भारतमा बीएसएफ ट्रफी

काठमाडौं, ११ कात्तिक । नेपाल प्रहरीका इन्स्पेक्टर कैलाश लिम्बूले भारतमा बीएफएफ ट्रफी जितेका छन् । उनले शुक्रबार भारतका गृहमन्त्री अमित साहबाट ट्रफी प्राप्त गरेका हुन् ।
भारतको सरदार बल्लभवाई पटेल नेस्नल पोलिस एकेडेमीमा ७५ आरआर को तालिममा प्रोफिसिन्यी इन आउटडोर सब्जेक्टमा उत्कृष्ट हुँदै लिम्बूले ट्रफी जितेको जनाइएको छ । उक्त तालिममा नेपालबाट पाँचजना अधिकृत सहभागी थिए ।