४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिल


October 19, 2023
0
Shares

काठमाडौं, २ असोज । कम मात्रामा पेट्रोल विक्रि गरेको फेला पारेपछि काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।

केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।

अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।

मंगलबार भ्याली आयल स्टोर,बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर, कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।

प्रतिक्रिया