१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चाँगुका मेयर खत्रीद्धारा ज्येष्ठ नागरिक आश्रममा महायज्ञबाट उठेको रकममा नपुगेको रकम विनियोजन गर्ने प्रतिवद्धता


October 13, 2023
498
Shares

भक्तपुर, २६ असोज । चाँगुनारायण नगरपालिकामा जेष्ठ नागरिकको लागि आश्रम निर्माणमा श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ चलिरहेको छ । महायज्ञबाट उठेको रकममा अपुग रकम चाँगुनारायण नगरपालिकाले विनियोजन गर्ने मेयर जीवन खत्रीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

खत्रीले विकासको पवित्र कार्यमा आफ्नो सधै साथ र सहभागिता हुने समेत बताए । उनले भने, ‘जति रकम अपुग हुन्छ त्यो रकम नगरपालिकाले विनियोजन गर्नेछ ।’ जेष्ठ नागरिक आश्रमका लागि नगरपालिका करोडौं रकम आवश्यक परेपनि विनियोजन गर्न तयार रहेको बताए ।

भक्तपुरका सक्रिय पत्रकार सुरेन्द्र बहादुर खत्री सिलवालले हिन्दु धर्म विश्वको पुरानो धर्म भएकोले धार्मिक आस्था र सहभागिताबाट सही कार्यहरु हुने बताए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया