३ आश्विन २०८१, बिहिबार | September 19, 2024

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण


October 11, 2023
0
Shares

काठमाडौं, २४ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । उनलाई साँझ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ ।

उपराष्ट्रपति यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालका अनुसार स्वास्थ्यमा समस्या आएपछि डेंगु चेकजाँच भएको थियो । तीन दिनयता उपराष्ट्रपतिको स्वास्थयमा समस्या आएको छ । उनलाई आइतबार वीर अस्पतालमा चेकजाँच गरिएको थियो ।

उपराष्ट्रपति यादवको उपचारमा सिभिल अस्पतालका डा. विदेश बिष्टसहितको टोली सक्रिय छ । निजी चिकित्सक डा. सिलवाल पनि खटिएका छन् ।

यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया