६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपालीलाई ल्याउन साढे २ बजे राति वायु सेवा निगमको जहाज इजरायल उड्ने


October 11, 2023
0
Shares

काठमाडौँ, २४ असोज । इजरायलमा फसेका नेपालीलाई उद्धार गर्न आज नेपाल वायु सेवा निगमको जहाज उड्ने भएको छ । निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तयारी भएको बुझिएको छ ।

निगमले हवाई उडान तथा अवतरणका लागि आवश्यक सबै प्रक्रिया, रुट पर्मिटका साथै चार्टर्ड फ्लाइटका लागि इन्स्योरेन्स समेत सबै तयारी अवस्थामा छ । सो नेपालबाट उडेको वाइडबडी जहाज ९ः३० बजे इजरायल ल्यान्ड गर्ने समय तालिका तय भएको छ । यद्यपि, जहाजमा कोको जाने, कसको नेतृत्वमा उडान हुने भन्ने यकिन भइसकेको छैन ।

निगमको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । चार्टर्ड उडानका लागि नेपालका तर्फबाट भने निगमलाई कुनै रोकटोक हुँदैन् ।

 

प्रतिक्रिया