३० कार्तिक २०८२, आइतबार | November 16, 2025

सराङ्कोटको डाँडामा प्यागोडा शैलीमा निर्माणधीन शिव मन्दिर


October 9, 2023
83
Shares

काठमाडौं, २२ असोज । सराङ्कोटको डाँडामा टाढाबाट पनि देखिने गरी आराधयदेव,शिवको मन्दिर निर्माणको क्रममा रहेको छ । तले शैलीमा निर्माण हुन लागेको यस मन्दिर भित्र जटाधारी शिवको मूर्ति र शिवलिङ्ग स्थापना गरिएको छ।

दक्षिणमुख प्रवेशद्वार रहेको यस मन्दिर २०६१ साल देखि निर्माणको काम शुरु भएको हो ।मन्दिर निर्माणको सुरुवात देखि हालसम्म अर्थ सङ्कलनका लागि विभिन्न्न ठाउँमा ५ वटा महायज्ञ सम्पन्न्न भइसकेका छन्।प्यागोडा शैलीमा तयार हुन लागेको यस मन्दिरको अनुमानित लागत २९ करोड रुपैयाँ रहेको छ। वि.स. २०७४ साल माघमा गराएको महायज्ञ पछि अगाडि ७ बर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।सराङ्कोट धार्मिक एवम् पयटन विकास समितिको लक्ष्य र निणयअनुसार भगवान् शिव मन्दिरको पुर्णतासंगै १०८ वटा शिवलिङ्ग,१०८ वटा सहसधारा स्थापना गर्ने र वरपर विभिन्न्न देवीदेवताका मूर्ति स्थापना गर्ने लगायत वरपर मन्दिर क्षेत्रमा पार्क एवम् उधार्न बनाउने रहेको छ।.

पुर्ब स्थानीय वडा अध्यक्ष रणबहादुर थापाका अनुसार निर्माण समितिलाई सक्रिय बनाई यस क्षेत्रमा ऐतिहासिक सङ्ग्रहालय, आकर्षक भ्यू टावर ,फलफूल उधान ,स्वागत द्वार ,खाने पानी व्यवस्था आधुनिक अपाङ्गमैत्री शौचालय ,पाकिङ स्थल,वनभोज स्थल ,फुट ट्रयाक निर्माण जस्ता पर्यटकलाई मनोरंजन र सुविधा दिलाउने गुरु योजनाका साथ काम सञ्चालन भइरहेको जानकारी हुन आएको छ।काय सम्पादनलाई प्रभावकारी बनाउन धार्मिक तथा पर्यटन बिकास समिति गठन गरी कार्य अगाडि बढेको जानकारी निर्माण समितिका अध्यक्ष श्री प्रेमबहादुर जि.सी.बाट प्राप्त भएको छ।.

Pic by batuwa

सोत : कास्की सराङकोट संक्षिप्त अध्ययन

प्रतिक्रिया