४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

हमासको आतंकवादी हमलामा १० नेपाली विद्यार्थी मारिएको पुष्टि (नामसहित)


October 8, 2023
0
Shares

काठमाडौं, २१ असोज । इजरायलमा हमासको आतंकवादी हमलामा १० नेपाली विद्यार्थी मारिएका छन् । शनिबार भएको हमलामा उनीहरु मारिएका हुन् । मृत्यु भएका सबै सुदुरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकाय अन्र्तगत बीएससीका प्रथम ब्याचका हुन् ।

इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत ती विद्यार्थी पुगेका थिए । परराष्ट्र मन्त्रालयलाई मृत्यु भएका, घाइते र हराइरहेकाबारे नामसहित इजरायलस्थित नेपाली राजदूतावासले जानकारी गराएको छ ।

हमासको हमलामा ज्यान गुमाएकाहरुमा कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दीपेश राज बिष्ट र लोकेन्द्र सिंह धामी, धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी छन् । प्रमोद केसी र वीरेन्द्र चौधरी इजरायल प्रहरीले सुरक्षित अवस्थामा राखेको जनाइएको छ ।

खुट्टामा चोट लागेका सल्यानका बिधान सेजवाल र दाङका प्रविण डांगीको अस्पतालमा उपचार भइरहेको छ । कैलालीका धनबहादुर चौधरी । गोर्खाका हिमाञ्चल कट्टेल पनि अस्पतालमा ठिक अवस्थामा रहेको उल्लेख छ । कञ्चनपुरका विपिन जोशीको अवस्था अज्ञात छ । सबै विद्यार्थीहरु झण्डै एक महिना अघि इजरालय पुगेका थिए ।-File Photo

प्रतिक्रिया