२७ भाद्र २०८१, बिहिबार | September 12, 2024

कोशी प्रदेश मुख्यमन्त्रीबाट कार्कीले दिए राजीनामा


October 7, 2023
0
Shares

काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट आज राजीनामा दिएका छन् । कार्कीले विश्वासको मत लिनु अघि नै राजनीनामा दिएका हुन् ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत लिन शनिबारको प्रदेशसभा बैठक बोलाएका थिए । उनले मत नपाउने अवस्था देखेपछि तर प्रदेशसभा बैठकअघि नै एमाले संसदीय दलको बैठकको निर्णयअनुसार राजीनामा दिएका हुन् । अहिले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको बुझिएको छ ।

अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।

 

प्रतिक्रिया