५ माघ २०८१, शनिबार | January 19, 2025

यी मन्त्रीहरु पंगु बनाइए


October 5, 2023
0
Shares

काठमाडौं, १८ असोज ।  देशमा मन्त्रीको जिम्मेवारी महत्वपूर्ण हो । तर, केही शक्तिशाली मन्त्रालय भनिएपनि त्यहाँका मन्त्रीहरु पंगु बनाइएका छन् । प्रधानमन्त्री प्रचण्ड र उनको कोर टिमले मन्त्रीहरुलाई कुनै काम गर्न नदिई शक्ति नै बालुवाटारमा केन्द्रित गरेका छन् । यतिसम्मकी ती मन्त्रालयहरुमा आफू अनुकूलको सचिव लगेर राखेका छन् । मन्त्रीहरुलाई सचिवले टेर्दैनन् ।

कानूनमन्त्री धनराज गुरुङ, खानेपानीमन्त्री महेन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सञ्चारमन्त्री रेखा शर्मा र वनमन्त्री डा. वीरेन्द्र महतो पंगु नै बनाइएका छन् । ती मन्त्रालयहरुमा सचिवले मन्त्रीसँग महत्वपूर्ण कामकारबाहीमा सरसल्लाह नै गर्दैनन् । उनीहरु सिधै बालुवाटारमा कुरा गर्छन् । यसकारण पनि मन्त्रीहरु दिक्क भइसकेका छन् । कानून, खानेपानी, भौतिक, सञ्चार र वनमा प्रधानमन्त्री प्रचण्डका किचन क्याबिनेटका मान्छेले रुचाएका सचिवहरु छन् । उनीहरुको सम्बन्ध प्रचण्डको छोरी गंगा दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवासँग रहेको छ । यसकारण पनि सचिवहरु मन्त्रीलाई टेर्दैनन् । यतिसम्मकी सञ्चारसचिव कृष्णबहादुर राउतले त ललिता निवास प्रकरणमा उन्मुक्ति नै पाए ।

ललिता निवास प्रकरणमा पूर्वसचिवहरु र सम्बन्धित मन्त्रालयका अधिकारीहरु कारबाहीमा पर्दा पनि सञ्चार सचिव राउतमाथि मुद्या बढाइएन । यसमा सीआइबीलाई समेत दबाब दिएर बालुवाटारले राउतका लागि भूमिका नै खेल्यो । राउतलाई सुरुमा नियन्त्रणमा लिएर पछि छोडाएर बालुवाटारले आफू अनुकूल बनाउन सकेको छ । यसकारण पनि सञ्चार सचिव कठपुतली जस्तै बनाइएका छन् । उनी मन्त्री रेखा शर्मालाई टेर्दैनन् सिधै बालुवाटारको आदेश मान्न थालेका छन् ।

डा. वीरेन्द्र महतो झण्डा हल्लाउने मन्त्रीमा सिमित भएका छन् । उनी मन्त्री हुन पाएकोमा नै दंग छन् । उपेन्द्र यादवसँग विशेष सम्झौता गरेर महतोले मन्त्री पद त हात पारे तर मन्त्रालयमा उनलाई कर्मचारीले टेर्दैनन् । सचिव डा. दीपककुमार खरालले महतो पनि महतोसँग खासै मतलब राख्दैनन् । उनको पनि बालुवाटारसँग सिधा सम्बन्ध रहेको छ । प्रकाश ज्वाला मन्त्री रहेको भौतिक पूर्वाधारमा केशवकुमार शर्मा सचिव छन् । उनले पनि ज्वालालाई खासै महत्व दिदैनन् । शर्माको बालुवाटारमा दरिलो कनेक्शन छ । महेन्द्र राय यादवले खानेपानीमा राम आधार साहलाई लगेपनि उनले पनि मन्त्रीलाई अलमलमै पारेको बुझिएको छ । साह पनि यादवलाई टेर्दैनन् । उनी पनि बालुवाटारकै निर्देशनविना डेग चल्दैनन् । यसरी मन्त्री बनाइएकाहरु पंगु बनाइएका छन् ।

 

प्रतिक्रिया