१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारले तत्काल शिक्षकको माग पुरा गर्नुपर्छ : काँग्रेस रुपान्तरण अभियान


September 22, 2023
0
Shares

काठमाडौं, ५ असोज । नेपाली काँग्रेस रुपान्तरण अभियानले सरकारले शिक्षकहरुको माग समयमै सम्बोधन गनुपर्ने बताएको छ । अभियानले आज एक छलफलको आयोजना गरेर शिक्षण पेसाको गरिमा कायम राख्न सबै पक्षको ध्यान जानु आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

असल शिक्षकहरुको राष्ट्रिय नेपाल शिक्षक महासंघको नेतृत्वमा छेडिएको आन्दोलनमा देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षकहरु आन्दोलनमा होमिएका छन्।

शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गरेर शिक्षक बनेका शिक्षित जमातलाइ स्थानीय सरकारको मातहतमा शिक्षक रहने गरि संसदमा पेश भएको बिधेयक गलत भएको भन्दै अभियानले सरकारको ध्यानकर्षण गराएको छ । “शिक्षा सेवा आयोगमा प्रतिस्पर्धा गरेर शिक्षक बनेका शिक्षित जमातलाई संघिय सरकार गैरजिम्मेवार बनी स्थानीय सरकारको मातहतमा शिक्षक रहने गरि संसदमा पेश भएको बिधेयक सरासर गलत र अनुचित छ।”–जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सारा राजनीतिक दल र तीनका नेताहरुका ग’रुहरु सडकमा उफ्रिन बाध्य भइरहेको भन्दै चाँडो भन्दा चाँडो उनीहरुको माग प’रा गरी सरकारले समस्या समाधन गर्नुपर्ने उनीहरुको ठहर छ ।

“आफुलाई पढाउने शिक्षक नै आफ्नो माग पूरा गराउन आन्दोलनमा सहभागी हुँदै गर्दा शिक्षा प्राप्त गर्न विद्यालयमा कुरेर बसेका करिब ७० लाख विधार्थीहरुको बालमष्तिस्कमा के असर पर्ला भन्ने कुरामा सबै दल र सरकार सबैको ध्यान जाओस् ।” अभियानले जारी गरेको विज्ञप्तीमा भनिएको छ। “तसर्थ शिक्षण पेसाको गरिमा कायम राखी शिक्षकहरुको यो शान्तिपूर्ण आन्दोेलन आफ्नो हक–अधिकारको माग पूरा गर्न तथा मुलुकको समग्र विद्यालय तहको शिक्षा क्षेत्रको विकासका लागि फलदायी बन्न सकोस् । साथै सरकार र सम्वन्धित पक्षले समयमै मागलाई सम्बोधन गर्दै विद्यार्थीहरुको पढाइलाई अवरुद्ध हुनबाट जोगाउनु नै अहिलेको आवश्यकता हो ।”

मधु आचार्य नेपाली काँग्रेस केन्द्रीय सदस्य, जगदिश्वर नरसिंह के।सी। नेपाली काँग्रेस पुर्व नुवाकोट जिल्ला सभापति तथा संविधान सभा सदस्य, रमेश धमला नेपाली काँग्रेस पुर्व जिल्ला सभापति धादिङ, मोहन बराल नेपाली काँग्रेस पुर्व जिल्ला सभापति सिन्धुली, उज्वल बराल नेपाली काँग्रेस पुर्व जिल्ला सभापति सिन्धुली, भुपेन्द्र थापा पुर्व जिल्ला सभापति सिन्धुपाल्चोक, ऋषिराम घिमिरे नेपाली काँग्रेस बागमती प्रदेश सह महामन्त्री, अमर पुन नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति, सानू श्रेष्ठ नेपाली काँग्रेस बागमती प्रदेश सदस्य कानुन तथा संसदीय मामिला बिभाग प्रमुख काठमाडौ, सन्तोष भट्टराई नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि भक्तपुर, प्रेम कृष्ण महर्जन नेपाली काँग्रेस महासमिति सदस्य ललितपुर, बिनिता खडका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि रामेछाप, धनेन्द्र के।सि। नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि काभ्रेपलान्चोक। अच्चुत पौडेल नेपाली काँग्रेस महासमिति सदस्य, उज्वल राम घिमिरे नेपाली काँग्रेस बागमती प्रदेश सदस्य, बिनोद कार्की नेपाली काँग्रेस जिल्ला सचिव रामेछाप, बिष्णु बस्नेत नेपाली काँग्रेस पुर्व जिल्ला सचिब रामेछाप लगायत छलफलमा उपस्थिति थियो ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया