६ आश्विन २०८१, आइतबार | September 22, 2024

यादवमाथि आक्रमण कांग्रेस र लोकतन्त्रलाई कमजोर पार्न गरिएको अपराधिक क्रियाकलाप : ईन्द्र बानियाँ


September 7, 2023
0
Shares

काठमाडौं,२१ भदौ । नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको निन्दा गरेका छन् ।

विज्ञप्तीमार्फत उनले नेता यादवमाथि आक्रमण हुनुले राज्यको सुरक्षा माथिनै प्रश्नचिन्ह खडा भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । “नेपाली कांग्रेस र समग्र लोकतन्त्रलाई कमजोर बनाउन गरिएको अपराधिक क्रियाकलापको बाग्मती प्रदेश कार्यसमिति निन्दा गर्दछ ।” सभापति बानियाँद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेता बानियाँले सहमहामन्त्री यादवमाथि आक्रमणमा संलग्न र निजसँग सम्बन्धित अपराधिक समुहलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिलाउन माग गरेका छन् । टाउकोमा गम्भिर चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनले यादवको शिघ्र स्वास्थ्यलाभ कामना गर्दै उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले काठमाडौंंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रयोग गरी साङ्घातिक आक्रमण भएको थियो ।

प्रतिक्रिया