१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बन्दिपुरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रिपुर्ण फुटबल प्रतियोगिता


September 6, 2023
0
Shares

तनहुँ, २० भदौ । तनहुँको बन्दिपुर गाउँपालिकाले बुधबार निजामती सेवा दिवस–२०८० को अवसरमा आयोजना गरेको जनप्रतिनिधि र कर्मचारीहरुबीच फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिम विजयी भएको छ ।

टुंडिखेलमा भएको मैत्रिपुर्ण प्रतियोगितामा जनप्रतिनिधिको टिमले ३–२ को अन्तरले कर्मचारीको टीमलाई पराजित गरेको हो । प्रतियोगितामा सहभागी टिमलाई आगामी भदौ २२ गते निजामती दिवसको अवसरमा मेडल र प्रमाणपत्र वितरण गर्ने गाउँपालिकाको योजना छ ।

जनप्रतिनिधिको तर्फबाट गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले प्रतियोगिताको नेतृत्व गर्नुभएको थियो ।
कर्मचारी र जनप्रतिनिधिबीचको खेलले एकआपसमा सम्बन्ध राम्रो हुने,मेलमिलाप बढ्ने र गाउँपालिकाको समग्र विकासका लागि पनि टेवा पुग्ने अध्यक्ष थापाले बताउनुभयो । फुटबल प्रतियोगिताले रौनक बढाउने पनि उहाँको भनाइ छ ।

निजामती सेवा दिवसको अवसरमा बन्दिपुरमा विविध कार्यक्रम गरि मनाईने भएको छ । दिवसको अवसरमा बिहिवार विभिन्न खेलकुदका कार्यक्रम हुनेछन् भने निजामती सेवा दिवसको दिन बन्दिपुर गाउँपालिका परिसरमा बिहान ९ बजेदेखी रक्तदान कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।

उक्त रक्तदानमा सरिक भई रक्तदान गर्न गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ । सोही दिन बिहान ७ बजे बन्दिपुर बजारमा प्रभातफेरी गर्ने कार्यक्रम पनि रहेको छ । दिवसको अवसरमा सोही दिन बृक्षारोपणको कार्यक्रम समेत आयोजना गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया