२ माघ २०८१, बुधबार | January 15, 2025

चीनको नयाँ नक्शाको छिमेकी देशहरुको विरोध


September 1, 2023
0
Shares

एजेन्सी, १५ भाद्र । चीनको अधिकांश छिमेकी देशहरुसँग सम्बन्ध सुमधुर छैन । उसको सबैजसो छिमेकीसँग सीमा विवाद छ । विश्व महाशक्ति बन्ने दौडमा रहेको चीनले गत सोमबार नयाँ नक्शा ल्याएर छिमेकीहरुलाई झस्काएको छ ।

भारतले अरुणाञ्चल र लदाखको आफ्नो भूभाग समेटेर चीनले नयाँ नक्शा जारी गरेकोमा आपत्ति जनाएको छ ।

फिलिपिन्स र मलेशिया पनि चीनको नयाँ नक्शाको विरोध गर्ने देशमा पर्छन् । विशेषगरी साउथ चाइना सीको ९० प्रतिशत क्षेत्र आफ्नो दाबी गरेपछि ती देशहरुले चीनको विरोध गरेका हुन् । चीनको साउथ चाइना सीको मामलामा भियतनाम, फिलिपिन्स, मलेशिया, जापानलगायत देशहरुसँग विवाद छ ।

भारतसँग चीनको सीमामा सैनिकहरुबीच झडप भएको थियो । सीमामा तनाव अझै कायमै छ ।

चीनले जारी गरेको नयाँ नक्शामा नेपालको चुच्चे नक्शा नसमेटिएकोमा विरोधहरु भइरहेको छ । चीनले भारतसँगको सम्बन्धलाई लिएर नेपालको पुरानै नक्शा उल्लेख गरेको विषय उठेको छ ।

प्रतिक्रिया