२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एशियाकपमा पाकिस्तानलाई जित्न नेपालले ३४३ रन बनाउनुपर्ने


August 30, 2023
0
Shares

काठमाडौं, १३ भाद्र । एशियाकप क्रिकेटमा नेपालले सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेपनि लय समालिरहन नसक्दा पाकिस्तानले ३४२ रनको विशाल स्कोर बनाएको छ । नेपालले १० ओभरभित्रै २ विकेट लिइसकेको थियो । पाकिस्तानी ब्याट्सम्यानहरु नेपाली बलरसामु रन बनाउन सकिरहेका थिएनन् ।

नेपालले ४ विकेट लिंदा पाकिस्तान अपठ्यारोमा परेको थियो । तर, पाकिस्तानका स्टार ब्याट्सम्यान बाबर आलमलाई क्याच आउट गर्ने अवसर गुमाउनु नेपालका लागि भारी पर्न गयो । उनले सतक नै बनाए ।

पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनायो । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ । विश्वकप जितिसकेको अनुभवी टोलीको विशाल स्कोरलाई भेट्न नेपाललाई कठिन देखिन्छ । तर, क्रिकेटमा असम्भव भन्ने छैन ।

प्रतिक्रिया