२२ भाद्र २०८१, शनिबार | September 8, 2024

चन्द्रमामा यान अवतरण गरेको दिनलाई भारतले राष्ट्रिय पर्वका रुपमा मनाउने


August 30, 2023
0
Shares

एजेन्सी, १३ भाद्र । भारतले चन्द्रमामा यान अवतरण गरेको दिन २३ अगष्टलाई राष्ट्रिय पर्वका रुपमा मनाउने भएको छ । हरेक वर्ष उक्त दिनलाई राष्ट्रिय अन्तरीक्ष दिवसका रुपमा मनाउने निर्णय भारत सरकारले लिएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँको क्याबिनेटले २३ अक्टोबरलाई ऐतिहासिक दिनका रुपमा लिदै उक्त निर्णय लिएको हो । उक्त दिन भारतको चन्द्रयान-३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको थियो ।

चन्द्रयानको रोवर प्रग्यान अहिले पनि चन्द्रमाको अध्ययनमा चलिरहेको छ । उसले महत्वपूर्ण तस्बिरहरु पठाइरहेको छ ।

यसैगरी, भारतले अन्तरीक्षमा थप अध्ययनका लागि यानहरु पठाउने भएको छ । उसले सेप्टेम्बरमा सुर्यको अध्ययनका लागि यान पठाउन लागेको छ । अन्तरीक्षको अध्ययनमा भारतले एकपछि अर्को फड्को मारिरहेको छ ।

प्रतिक्रिया