२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हिन्दुहरुले भोलि धरानमा प्रदर्शन गर्दै,आज रातिदेखि जारी गरियो निषेधाज्ञा


August 25, 2023
0
Shares

काठमाडौं,८ भदौ । सुनसरीको धरानमा आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी भएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले उपमहानगरपालिकाभरि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले एक सूचना जारी गर्दै जनस्वास्थ्य संकट देखाउँदै निषेधाज्ञा जारी गरेकी हुन् ।
हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै त्यसको विरोधस्वरुप भोलि प्रदर्शन गर्ने भएकोले प्रशासनले उच्च सर्तकता अपनाउन निषेधाज्ञा जारी गरेको हो ।

जारी सूचनामा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र न।पा। १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न।पा। ६ नं। बाट बराह क्षेत्र न।पा। वडा नं। ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं। २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा।पा। वडा नं। ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

प्रतिक्रिया