३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सुनकाण्डमा चिनियाँ गिरोहका एकपछि अर्को सदस्य पक्राउ


August 18, 2023
0
Shares

काठमाडौं, १ भाद्र । नेपालमा आपराधिक गिरोहमा संगठित रुपमा सक्रिय चिनियाँ नागरिकहरु एकपछि अर्को पक्राउ पर्ने क्रम रोकिएको छैन । ६० किलो सुन तस्करी प्रकरणमा गएराति दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको सीआइबीले याओ पुचेङ्ग र ली वेन सुङ्गलाई पक्राउ गरेको हो । दुवैजनालाई ठमेलको केटीबी रेष्टुरेन्टबाट पक्राउ गरिएको हो ।

३१ साउनमा पनि चारजना चिनियाँ नागरिक सुन काण्डमा संलग्नताको अभियोगमा पक्राउ परेका छन् । जसमध्ये टीयान मेन र वि तोङ दम्पत्ति हुन् । सुन ओसार्ने डिङ सेग्फा र ली नेङकाई पनि नियन्त्रणमा छन् ।

यसअघि सुन तस्करीमा चिनियाँ नागरिक जिक्वाङ लिन, चिनियाँ मूलका बेल्जियन दावा छिरिङ पनि पक्राउ परिसकेका छन् ।

हङकङबाट तस्करी गरी २ साउनमा ल्याई ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय बाहिरबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा कतिपय नेता समेत संलग्न रहेको विषय उठ्दै आएको छ ।

सुन काण्डको उच्चस्तरीय छानबिनको माग गर्दै नेकपा एमालेले संसद बहिष्कार गर्दै आएको छ । यो प्रकरण राजनीतिक मुद्या बनेर उठिरहेको छ ।

प्रतिक्रिया