३१ भाद्र २०८१, सोमबार | September 17, 2024

उडिरहेको विमानका पाइलटको ‘ह्दयघात’बाट मृत्यु,पनामामा आपतकालिन अवतरण


August 17, 2023
0
Shares

एजेन्सी,३२ साउन । मियामीबाट चिलीका लागि उडेको विमानका पाइलटको बाथरुममा मृत्यु भएको छ । पाइलटको मृत्युपछि आइतबार राति पनामामा विमानलाई आपतकालीन अवतरण गर्न बाध्य भएको थियो। विमानमा २७१ यात्रु सवार थिए । समाचार वेबसाइट ’द सन’ को रिपोर्ट अनुसार पाइलटको नाम क्याप्टेन इभान एन्डौर हो, जो ५६ वर्षका थिए ।

एन्डोर लाटम एयरलाइन्सको विमान उडाउँदै थिए, त्यही क्रममा उनको छाती दुख्न थाल्यो । उनी बाथरुममा लडे । रिपोर्टका अनुसार विमानमा उपस्थित एक नर्स र दुई डाक्टर यात्रुले उनलाई बचाउने प्रयास गरेका थिए । जसका कारण विमानका दुई को–पाइलटले पनामामा आकस्मिक अवतरण गरेका थिए ।

एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ,‘अवतरण गर्नु अघि मृत्यु भएको थियो। मियामीबाट सान्टियागोका लागि उडेको उडान एलए ५०५ स्वास्थ्य आपतकालिनका कारण पानामा सिटीको टोकुमेन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपरेको हो ।’ विमान अवतरण गर्दा आकस्मिक सेवाले उनको ज्यान बचाउने प्रयास गरे पनि त्यतिन्जेल पाइलटको मृत्यु भइसकेको थियो ।

विज्ञप्तिमा थप भनिएको छ,‘घटनाबाट हामी गहिरो दुःखी छौं। एयरलाइन्सले पाइलटको परिवारप्रति समवेदना प्रकट गरेको छ । उहाँको २५ वर्षको करियर र उनले लगनशील र व्यावसायिक रूपमा गरेको महत्वपूर्ण योगदानको लागि हामी आभारी छौं। उडानका क्रममा पाइलटलाई बचाउन आवश्यक सबै प्रोटोकलहरू पालना गरिएको थियो ।’

द सनको रिपोर्टका अनुसार इसाडोरा नामकी एक नर्सले आफू र उनीसँगै रहेका दुई जना डाक्टरले पाइलटलाई बचाउने प्रयास गरेको तर उडानमा आपतकालीन सुविधा नहुँदा पाइलटलाई बचाउन नसकेको बताइन् । तर, नर्सले कुन सुविधाको कुरा गरिरहेकी थिइन् भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया