१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भोली सार्वजनिक बिदा


August 17, 2023
0
Shares

काठमाडौं,३२ साउन । सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
ओल्के पर्व सुदूरपश्चिम क्षेत्रमा भदौ १ गतेका दिन मनाइने चलन छ । ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका जिल्लाहरुमा ओल्के पर्व मनाउने चलन छ।

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया