६० किलो सुन प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ
काठमाडौं,३१ साउन । ६० किलो सुन बरामद प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति काठमाडौंका विभिन्न स्थानबाट विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजस्व छली तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको स्रोतले जनाएको छ ।