१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हिजोको जस्तो राजनीति अब जनताले पत्याउैनन् : कांग्रेस नेता श्रेष्ठ


August 14, 2023
0
Shares

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका नेता सानुकान्छा श्रेष्ठले हिजोको जस्तो राजनीति अब जनताले नपत्याउने बताएका छन् । नेताहरुको आचरणबाट पार्टीको मुल्यांकन जनताले गरिरहेको उल्लेख गर्दै हिजो जस्तो राजनिति गरेर जनताको मन जित्न अब नसकिने उनको भनाइ छ ।

कांग्रेस पार्टी सुदृढीकरणका लागि ‘आन्तरिक विशेष अभियान’ रामेछाप जिल्लाको जिम्मेवारी पाएका श्रेष्ठले सोमबार यस्तो टिप्पणी गरेका हुन् ।

एउटै सिद्धान्त बोकेर राजनीति गर्न हिडेपछि पार्टी भित्र अन्तरघातको राजनीति विकास गर्न नहुने उनको तर्क छ । “काँग्रेस पार्टी भनेका न बा का न भगवानका हामी त जनताको पार्टी हो । जनता हाम्रो कुल देवता हुन् ।”–उनले लेखेका छन् । नेताहरुको आचरणले पार्टीको मुल्यांकन हुने उनको दाबी छ ।
बाग्मती प्रदेश कानुन तथा संसदीय मामिला प्रमुख श्रेष्ठले पार्टीभित्र एक आपसमा हिलो छ्याप्ने काम तुरुन्त बन्द गर्नुपर्ने जोड दिएका छन् ।

भ्रष्टाचारमा मुछिएका नेतालाई पार्टीले निलम्बन सम्म पनि गर्न नसकेकोमा आपक्ति जनाउँदै नेता श्रेष्ठले त्यस्ता तत्वलाई संरक्षण गर्दा पार्टीप्रति नै नराम्रो छाप परेको उनको तर्क छ ।

उनले लेखेका छन्,राजनीतिमा विभिन्न जात जाति, धर्म,बर्ग,लिङग, हरेक खालका विभिन्न स्वार्थ बोकि फिल्डमा हामी उभिएका हुन्छौ । सबैमा एक खालको स्वार्थ अनिवार्य हुन्छ नै तर स्वार्थ हुंदा हुँदै पनि तपाई हामी सबैले एउता संकल्प बोकेका हुन्छौ त्यो के हो त भने नेपाली काँग्रेसले अगालेको राष्ट्रियता लोकतन्त्र, समाजबादमा आधारित लोकतान्त्रिक गणतन्त्रात्मक संविधान परिधिमा भित्र रहेर पार्टीको बिधान र नियमावलि बमोजिम तपाई हामी सबै बाधिएका हुन्छौ । तर यहाँ कसैले पनि नियम पालना गरेको देखिदैन । आफुखुसि कानुनको व्याख्या गरि अधिकार प्रयोग गरि रहृको छ सबै नेता कार्यकर्ता एउटा वडा देखि केन्द्र सम्म आफु भए ठिक अरु भए बेठिक भन्ने सिद्धान्तको बिकास गर्दैछ । खै नेपाली काँग्रेसको राष्ट्रियता, खै प्रजातन्त्रको भावना अनुसार पार्टी र कार्यकर्ता चलेको खै समाजवादको सिद्धान्त , अहिले त झन देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारि भै सकेको अबस्थामा एउटा जनताको छोराछोरी राष्ट्र पति हुने ब्यवस्थामा हामि छौ । आदर्णिय नेता तथा कार्यकर्ता साथिहरु तपाई हामी ईमान्दार नबनि एक नेताले अर्को नेताको एक कार्यकर्ताले अर्को कार्कर्ताको सम्मान नगरि तपाई हामी बिच सहकार्य सहमति एकता नभई हाम्रो सामुहिक लक्ष्य प्राप्त गर्न सकिन्न हाम्रो पार्टीको लक्ष्य पुरा गर्न सकिन्न संस्थापक नेताहरुको सपना पूरा गर्न सकिन्न हामिले सोचेको अनुसार देश बिकास गर्न सकिन्न, जनताको भावना अनुसार काम गर्न सकिन्न । नेपाललाई सम्मुनत नेपाल सम्मानित नेपाली हामि बन्न सक्दैन । तपाई हामी भनेको लोकतन्त्रमा बिश्वास गर्ने पार्टीका सिपाहीहरु हौ ।

म हृदय देखि नमन गर्न चाहन्छु हिजोको दिनमा राणा संग पंन्चायत संग लडाइँ लडन कठोर कठिन अबस्थामा हाम्रा पार्टिमा बलिया नेताहरु त्यागी नेताहरु बिपि गणेशमान जस्ता नेताहरु थिए र सजिलो संग राणा शासन फाले सफल भयो, पन्चायति शासन फाल्न सफल भयो , १० बर्ष सम्म बन्दुक बोकेर १७ हजार मान्छे मारेका हिंसामा बिश्वास राख्ने माओबादिलाइ समेत शान्तिको बाटोमा लेराएर लोकतान्त्रिक पद्धतिमा लेराउने काँग्रेस पार्टीका कार्कर्ता नेता हौ हामी नेपाल मा अहिले सम्म कम्निष्ट सरकारमा बसेर न एउटा गरिबो जनताको हितको कानुन बनायो न त संविधान नै बनाउन सक्यो संविधान बनाउन नसकेर सरकारबाट नै भाग्यो । कम्निष्ट सरकारमा बसेको बेलामा कुनै निर्वाचन गरेको ईतिहास छ ? बरु कम्निष्ट सरकारमा हुँदा लोकतान्त्रिक प्रकृयामा आधारित आयोगहरु प्रधान मन्त्रीको मातहतमा लिएर गएको ईतिहास छ नि नेपालमा ।

झण्दै दुई तिहाई सरकारले जनताको काम नगरी दुई पटक संसद भंग गरिएको ईतिहास हाम्रो माझमा छ । ओम्नि कान्द, कोरोना लागेर बिश्व नै आक्रान्त भएको बेलामा जनताको स्वास्थ्यमा समेत खेलबाड गरि माक्स लगाएतमा समेत भ्रष्टाचार गरेको ईतिहास त छ नि यस्तै काण्डै काण्डमा सरकार फसेको अबस्था थियो । हाम्रो नेपाली काँग्रेस पार्टि भनेका न बा का न भगवानका हामी त जनताको पार्टी हो । जनता हाम्रो कुल देवता हुन तपाई हामी नेताहरुको आचरणबाट पार्टीको मुल्यांकन जनताले गरि राखेका हुन्छन । त्यसैले हिजो जस्तो राजनिति गरेर जनताको मन जित्न सक्दैन एउटा सिद्धान्त बोकेर राजनिति गर्न हिडेपछि घाट अन्तरघाटको राजनीतिको बिकास गर्न हुन्न यहाँ हरिले देख्छ भगवान छन प्रत्येक निर्वाचनमा कस्ले के कस्तो मत हाल्यो सबैले बुझेको छ एक आपसमा हिलो छ्याप्ने काम बन्द गरौ यहाँ विभिन्न धार्मिक किताब, ग्रन्थ राखेर संकल्न गर्नु पर्ने भएपनि गरौ को कस्लाई केमा चित्त नबुझेको हो प्रस्त भन्नू पर्यो छलफलमा राख्नु पर्यो संग सगै एउटै डुङगामा बस्ने नदि तैरिने भन्ने अनि जहिले पनि दुबेर बस्ने यहि हो हाम्रो लक्ष्य ? अब यस्को सुनुवाई कहाँ गर्ने को छ चोखो कुन निकाए छ चोखो यहाँ भ्रष्टाचारले चुर्लुम्म दुबि सकेको छ सबै शिर्ष नेताहरुको नाम बजारमा छरपस्ट छ भ्रष्टाचारी, दलाल भनेर बेईज्जत भै सकेको छ । हामी यसरी नै राजनीति गरेर हिडि राख्ने यहाँ युवा नेताहरु लगाएत कांग्रेसको जुन लक्ष्य छ महामन्त्री गगन थापाले बार्षिक क्यालेन्डर बनाएर केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत गर्नु भयो केन्द्रीय बैठक लाईभ हेर्न पायो ।

हामी तमाम देशबासि सबैलाई एउटा नयाँ अध्याय सुरु गराई दियो हाम्रो नेपाली काँग्रेस पार्टीले हामि सबैलाई चित्त बुझेको हुनै पर्छ । कुन नेताले बैठकमा कस्तो बोल्यो भन्ने कुरा छर्लङ्ग हामिले बुझ्न र सुन्न पायो । भ्रष्टाचारमा मुछिएका नेतालाई निलम्वन सम्म पनि गर्न नसकेकोमा काँग्रेस पार्टी प्रती बजारमा अझपनि राम्रो मेसेज गएको छैन । यहाँ विधि र बिधान बमोजिम गर्न र चल्न खोज्नेहरुलाई घुट्टा तान्ने र लडाउने बाहेक केही भएन । सधै यसरी राजनीति गरेर मिल्दैन तपाई हामिले आफुले आफैलाई अहम मम भन्न जरुर छ अब आइन्दा गल्ति कहिले कसैले पनि गर्ने छैन । विधि र बिधान भन्दा बाहिर जाने छैन गरे गौ हत्या लगाएत जे जे छोएर भनेर कसम खानु पर्ने हो कसम खाउ सबैले । आदर्णिय नेता साथिहरु हिजोको जस्तो राजनीति गर्न सजिलो छैन अब वल्लो घर र पल्लो घरको बिचार नमिलेका समूह संग राजनिती लडाई लडनु पर्छ भिडनु पर्छ त्यसैले संकल्प गरौ हामी जहिले पनि जित्ने गरि । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकको निर्णय बमोजिम हाम्रो अहिले आन्तरिक अभियान सुरु भएको छ यसमा विशेष परिपत्र पठाएको छ । सोही अनुसार हामिले कार्य सम्पादन जरुर छ ।’

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया