२३ भाद्र २०८१, आइतबार | September 8, 2024

मकवानपुरमा पहिरो : १४ घण्टापछि पाहुना आएका घिसिङ जिवित फेला


0
Shares

काठमाडौं,२३ साउन । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा आज बिहान गएको पहिरोमा पुरिएर वेपत्ता भएका एक पुरुष जिवित फेला परेका छन् ।

बेपत्ता ६ मध्ये पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ ककरेका १९ वर्षका पासाङ घिसिङ १४ घण्टापछि जिवित भेटिएका हुन् ।

बागमती गाउँपालिका–५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घरमा उनी पाहुना आएका थिए । स्याङ्तानसहित उनकी छोरी शिला पहरी, ज्वाइँ जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् । स्याङ्तानकी श्रीमतीको शव मंगलबार बिहान भेटिएको थियो ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

प्रतिक्रिया