३१ भाद्र २०८१, सोमबार | September 17, 2024

काठमाडौंमा भारी वर्षा,सर्तकता अपनाउन आग्रह


0
Shares

काठमाडौं, २३ साउन । काठमाडौं आसपासका क्षेत्रहरुमा अहिले भारी वर्षा भइरहेको छ । उपत्यकाको बुढानिलकण्ठ,सुन्दरीजल,नगरकोटलगायतका स्थानमा वर्षा भइरहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग महाशाखाको अनुसार आज विष्णुमती,धोविखोला,मनोहरा लगायतमा जलसतह बढ्नेछ ।

नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 

 

प्रतिक्रिया