१२ श्रावण २०८१, शनिबार | July 27, 2024

किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीच ट्रेडमार्कको लडाइँ उत्कर्षमा


0
Shares

काठमाडौं, २० साउन । किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीचको ट्रेडमार्क पेचिलो बन्दै गएको छ । किङ्स लाउन्जले पोखरामा रेष्टुरेन्ट र होटल संचालन गर्दै आएको छ भने द किङ्स लाउन्ज एण्ड पवले काठमाडौंमा रेष्टुरेन्ट संचालन गर्दै आएको छ । स्थापनाताका दुवै कम्पनीका एकै संस्थापक रहेका ब्यक्तिहरु पोखराको किङ्स लाउन्ज बेचेर बाहिरिएपछि इगो साधेर आफैंले बेचेको कम्पनी विरुद्ध हात धोएर लागेका छन् । आफ्नो नाममा दर्ता रहेको लोगो किङ्स लाउन्जले प्रयोग गरेको भनेर उद्योग विभागमा उजुरी गर्ने द किङ्स लाउन्ज एण्ड पवका संचालकहरुले नै किङ्स लाउन्जका नाममा दर्ता रहेको किङ्स लाउन्ज नाम गैरकानुनी रुपमा चोरी गरिरहेको पाइएको छ । किङ्स लाउन्ज प्रा।लि।ले किङ्स लाउन्ज (शब्द) ट्रेडमार्क आफ्नो नाममा दर्ता गराएको छ ।

कम्पनीले बर्ग ३५ अन्तरगत प्रयोग गर्ने गरी उद्योग विभागले किङ्स लाउन्ज (शब्द) औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गर्ने गरी २०७९ अशोज २८ मा निर्णय गरेको थियो । विवाद झिक्ने द किङ्स लाउन्ज एण्ड पबका संचालकले किङ्स लाउन्जको नाममा दर्ता रहेको ट्रेडमार्क गैरकानुनी रुपमा प्रयोग गरिरहेका छन् । उनीहरुले आफ्नो कम्पनीको पूरा नाम द किङ्स लाउन्ज एण्ड पब मात्रै लेख्न पाउँछन् । यसरी उजुरीकर्ता आफैंले गैरकानुनी काम गरिरहेको पाइएको छ ।

के हो विवाद ?
द किङ्स लाउन्ज एण्ड पब प्रा।लि।ले किङ्स लाउन्जका विरुद्ध आफ्नो ट्रेडमार्क गैरकानुनी रुपमा प्रयोग गरेको भनेर उजुरी दर्ता गराएको थियो । त्यही उजुरीका आधारमा उद्योग विभागले साउन १२ मा उद्योग विभागले किङ्स लाउन्जले प्रयोग गर्दै आएको ट्रेडमार्क प्रयोग नगर्न कानुनविपरित अन्तरिम आदेश दिएको थियो । द किङ्स लाउन्ज एण्ड पब प्रा।लि दर्ता हुदाँ संस्थापक शेयरधनी रामचन्द्र श्रेष्ठ, कुमार गुरुङ्ग, संगम राई, दर्शन भट्टराईलगायत थिए । ती मध्ये श्रेष्ठ, गुरुङ्गलगायत नै किङ्स लाउन्ज प्रा।लि।का संस्थापक हुन् । अहिले पनि इश्वर खड्गी दुवै कम्पनीको सेयरधनी छन् ।

द किङ्गस लाउन्ज एण्ड पब स्थायी लेखा नम्बर लिँदा सञ्चालक कुमार गुरुङ्गको फोटो टाँसिएको छ भने किङ्गस लाउन्जको स्थायी लेखा नम्बर लिँदा रामचन्द्र श्रेष्ठ र कुमार गुरुङ्गको सम्युक्त तस्बीर राखिएको थियो । पोखरा महानगरपालिका वडा नं ६ मा ब्यवसाय दर्ता गर्दा किङ्गस लाउन्जको ब्यबसायी/पेशावालको नाम थर रामचन्द्र श्रेष्ठ रहेका छन् । यसमा पनि किङ्गस लाउन्ज प्रा।लि को लोगो राखिएको छ ।

किङ्गस लाउन्ज प्रा।लि।का तत्कालीन संस्थापक अध्यक्ष रामचन्द्र श्रेष्ठ र संञ्चालक सदस्य कुमार गुरुङ्गले बर्तमान सञ्चालक अध्यक्ष सुरेस मर्हजन, संचालक संघरत्न डंगोललाई २०७६ असोज ३० गते शेयर बिक्री गरी बाहिरिएका थिए । यसरी दुबै कम्पनीका तत्कालीन अध्यक्षको रुपमा रामचन्द्र श्रेष्ठले काम कारबाही गरिरहेको अबस्थामा ट्रेडमार्क प्रयोगको बिषयमा कुनै प्रकारको विवाद थिएन । तत्कालीन सञ्चालकहरुले आफ्नो शेयर बिक्रि गर्दा समेत लोगो (ट्रेडमार्क) प्रयोगको विवाद भएको थिएन । कम्पनीको सेयर हस्तान्तरण गर्दा लोगो (ट्रेडमार्क) प्रयोग नगर्ने, नगराउने भनेर कुनै सम्झौता नभएको किङ्स लाउन्जका संचालकको भनाइ छ । ‘कम्पनी बिक्री गरेपछि लोगो चाहिँ मैले बेचेको छैन भन्ने आधार द किङ्स लाउन्ज एण्ड पबका संचालकलाई छैन’ उनले भने, ‘घर बेच्दा आँगनको इनार पनि सँगै बिक्री हुन्छ, पछि इनारको पानी मेरो हो भन्न पाइन्छ र ?’

द किङ्स लाउन्ज एण्ड पबका संचालकले उद्योग विभागमा किङ्स लाउन्जका विरुद्ध उजुरी गर्दा उद्योग विभागले किङ्स लाउन्जका संचालकलाई सफाइको मौकै नदिइ टेडमार्क प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ । विभागलाई त्यस्तो आदेश गर्ने अधिकार कानुनले दिएको छैन । उद्योग विभागको आदेशविरुद्ध किङ्स लाउन्जका संचालक उच्च अदालत गएका छन् । उच्च अदालले उद्योग विभाग र द किङ्स लाउन्ज एण्ड पबका संचालकलाई कारण देखाउ आदेश जारी गरेको छ । अन्तरिम आदेशका लागि यही साउन २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । मुद्दा अदालतमा विचाराधिन रहेकै बेला द किङ्स लाउन्ज एण्ड पबका संचालक दलबल सहित पोखरा स्थित किङ्स लाउन्ज होटल बन्द गराउन पुगेका थिए । कास्की जिल्ला प्रशासनले दुवै पक्षलाई बिहीबार छलफलका लागि बोलाएको छ ।

आफूले स्थापना गरेको कम्पनी छाडेपछि द किङ्स लाउन्ज एण्ड पबका संचालकहरु किङ्स लाउन्जका संचालकहरुको चरित्रहत्या गर्न लागि परेका छन् । उनीहरुले आफैंले स्थापना गरेर किङ्स लाउन्जको ट्रेडमार्क देखाएर प्रिमियम मूल्यमा सेयर बिक्री गरी ठगि गरेको पाइएको छ । K.R

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया