नारायणगढ–मुग्लिन सडक अवरुद्ध,सुख्खा पहिरो खस्यो

चितवन,२० साउन । नारायणगढ–मुग्लिन सडक फेरी अबरुद्ध भएको छ । सो सडकखण्डको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
आज दिउँसो साढे २ बजेतिर इच्छाकामना–६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो झरेपछि बाटो बन्द भएको हो ।
सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ ।
उनले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको बुझिएको छ ।