११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

सुन काण्डमा समातिएकी क्यान्सरकी बिरामी रुक्मिना रिहा


0
Shares

काठमाडौं, १८ साउन । एक सय केजी सुनकाण्डमा पक्राउ परेकी क्यान्सरकी बिरामी रुक्मिना सुब्बा रिहा भएकी छिन् । उनलाई राजश्व अनुसन्धान विभागले बिहिवार मानवताका आधारमा साधारण तारेखमा रिहा गरेको हो ।

रुक्मिना नयाँ दिल्लीमा क्यान्सरको अप्रेशन गरेर फर्किएको केही समयमै कार्यालयको काममा खटिंदा सुनकाण्ड भयो । उनलाई नखाएको विष लाग्यो ।

क्यान्सको उपचार गर्नुपर्ने भएकाले उनलाई छाड्न दबाब बढ्यो । उनले उपचार गर्न पाउने भएकी छिन् तर पीडा घटेको छैन । ब्रेक शुमा हस्ताक्षर गर्ने रुक्मिना नै थिइन् । यही कारणले उनी फन्दामा परिन् ।

रुक्मिना लोकसेवामा लामो प्रयासमा असफल भइन् । भन्सार एजेन्टमा नाम निकालेर जागिर खान थालेको केही महिनामै घाँटीको क्यान्सर भयो । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराइन् तर झन् फैलियो अनि दिल्ली पुगेर उपचार गराइन् । फलोअपमा जानुपर्नेमा हिरासतमा परिन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया