१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सय केजी सुनकाण्डमा नखाएको विष लागेर हिरासतमा यी क्यान्सरपीडित


0
Shares

काठमाडौं, १५ साउन । सही छाप र ल्याप्चे छापले अनाहकमा कसैको घरबार गुम्छ त कसैको जीवन बर्बाद पारिदिन्छ । यस्तै भएको छ रुक्मिना सुब्बालाई । उनी क्यान्सर पीडित हुन् ।

लामो समय लोकसेवामा नाम निकाल्न लागिन् । असफल भएपछि भन्सार एजेन्टमा नाम निकालेर जागिर खान थालिन् । केही महिना मात्र भएको थियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा काम गर्न थालेको छ ।

जागिर खाएको केही महिनामै घाँटीमा क्यान्सर भयो । हरिशिद्धिस्थित क्यान्सर अस्पतालमा शल्यक्रिया गराइन् । तर, क्यान्सर झन् फैलियो । दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइन् । उनी फलोअपमा जानुपर्ने मान्छे । तर, ब्रेक शु मा लुकाएको सय केजी सुन काण्डमा परेकी छिन् ।

भन्सार क्लियरेन्स गर्दा हस्ताक्षर कर्तामा रुक्मिना सुब्बा परिन् । उनी हिरासतमा छिन् ।

पीडा एकसाथ आउँछ भनेको रुक्मिनामा देखिदैछ । पीडामाथि पीडा परेको छ उनलाई । टाठाबाठा कर्मचारी सूचना पाएर होला बच्न सफल भइहाले । फसिन् रुक्मिना ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया