८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

महानगरले राप्रपाको पार्टी कार्यालय आज भत्काउँला त !


0
Shares

काठमाडौं, १५ साउन । काठमाडौं महानगरपालिकाले आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भत्काउने भएको छ । महानगरले पार्टीलाई ३ दिन अघि कार्यालय खाली गर्न दिएको समय सीमा आज सकिदैछ ।

धुम्बाराहीस्थित पार्टीको कार्यालय नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको महानगरको दाबी छ ।

गत वर्ष असोज १३ गते पनि कामपाले कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेपनि हटाउन सफल भएन । महानगरले शुक्रवारबाट पुनः प्रक्रिया अघि बढाएको हो ।

धुम्बाराहीस्थित उक्त भवन स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार नक्सा पास नगरी निर्माण गरेको देखिएको छ । साथै विद्युत् नियमावली २०५० को नियम ५० को अनुसूची १३ मा बिजुलीको तारदेखि घरसम्मको न्यूनतम दूरी कायम नगरी विद्युत् प्रशारण लाइनमुनि नै भवन निर्माण गरेकोले कामपाले उक्त भवन भत्काउन लागेको जनाएको छ ।

प्रतिक्रिया