१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हुम्लामा ३ गाउँमा पहिरो, लाखौंको क्षति


0
Shares

काठमाडौं, १३ साउन । हुम्लामा ठुलो वर्षा सँगै पहिरो जाँदा लाखौं रुपैयाँको क्षति भएको छ । शुक्रबार राति सदरमुकाम सिमकोट नजिकै रहेको सर्केगाड गाउँपालिका–८ रादेउ, २ रिप गाउँ र ३ उनापानीमा शुक्रबार राति पहिरो जाँदा ठुलो क्षति भएको हो ।

वर्षासँगै पहिरो जाँदा पुल, खेतबारी, घरमा क्षति पुराएको छ । हुम्लामा एक सातादेखि वर्षा भइरहेकोे छ । स्थानीय रामबहादुर रोकायाको घरमा सबैभन्दा धेरै क्षति भएको छ । रिप गाउँमा २३० घर धुरी रहेका छन् । पहिरोपछि सबैस्थानीय त्रसित भएका छन् । गाउँमा भएका कुण्डहरु सबै पुरएिका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया