२३ भाद्र २०८१, आइतबार | September 8, 2024

जन्मदेव जैसीका कारण मिडिया क्षेत्रमा नयाँ तरंग


0
Shares

काठमाडौं, ८ साउन । श्रमजीवी पत्रकारको हकहितका लागि भन्दै झोलामा ताला चाबी बोकेर हिंड्ने पत्रकार जन्मदेव जैसीका कारण मिडिया क्षेत्र तरंगित भएको छ । श्रमजीवी पत्रकारको तलब जस्ले दिदैन उसको कार्यालयमा ताला ठोक्ने उनै जन्मदेवले कान्तिपुर पब्लिकेशनमा समेत हलचल ल्याइदिएका छन् ।

कान्तिपुरका श्रमिकहरु निष्काशित गरेको भन्दै उनले आन्दोलन नै चलाइरहेका छन् । यस क्रममा कान्तिपुर पब्लिकेशनका पत्रिका ग्राहकको घरमा नभई पब्लिकेशनमै पुग्यो । कान्तिपुरले यसविरुद्ध लेख्यो पनि ।

कान्तिपुरको पक्षमा नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेल र पूर्वसभापति तारानाथ दाहालले अभिव्यक्ति दिए । त्यसविरुद्ध जमदेव जैसीको कडा भनाई सार्वजनिक भएको छ ।

जैसीले सूचना साहु ठेकेदारहरुको ठेक्का लिएको भन्दै आक्रोश पोखेका छन् । यसले सामाजिक सञ्जालमा क्रिया प्रतिक्रियाहरु आइरहेको छ ।

जन्मदेव पछिल्लो समय तलब रोक्ने साहुहरुका विरुद्ध लाग्ने गरेकाले पत्रकारहरुका प्रीय बनेका छन् ।

प्रतिक्रिया