१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेक्सिकोको बारमा आक्रमण,११ जनाको मृत्यु, ४ जना घाइते


0
Shares

मेक्सिको सिटी, ७ साउन । उत्तरी अमेरिका–मेक्सिकन सीमावर्ती सहर सान लुइस रियो कोलोराडोमा बारमा आगजनी हुँदा ११ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा महिलाप्रति अनुचित व्यवहार गरेको भन्दै बारबाट निकालिएका एक व्यक्तिले फर्केर आगो लगाएको अधिकारीहरूले शनिबार बताएका छन्। समाचार एजेन्सी एएफपीले यो जानकारी दिएको हो ।

संयुक्त राज्य अमेरिकाको सिमानामा रहेको उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडो सहरमा शुक्रबारदेखि शनिबार रातिसम्म भएको आगजनी आक्रमण भएको अधिकारीहरूले बताएका छन्।

दुर्घटनामा चार महिलासहित ११ जनाको मृत्यु भएको छ भने अन्य चारजनालाई अस्पतालमा भर्ना गरिएको छ । राज्यका महान्यायाधिवक्ता गुस्ताभो रोमुलो सालासले एक पत्रकार सम्मेलनमा दुर्घटनामा परी मृत्यु हुने महिलामध्ये एक अमेरिकी नागरिक रहेको बताएका छन् ।

पीडितमध्ये एक जना १७ वर्षकी मात्र रहेको रोयटर्स समाचार संस्थाले जनाएको छ । यद्यपि घटनाका संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया