२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बञ्चरेडाँडावासी आन्दोलित, काठमाडौंबाट गएका फोहोरका गाडी रोकिए


0
Shares

काठमाडौं, १ साउन । बञ्चरेडाँडावासी फेरी आन्दोलित भएका छन् । सरकारले विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सरकारले फोहोर व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासी आन्दोलित हुन परेको उनीहरुको भनाइ छ ।

उनीहरुले ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गर्दै आज फोहोर विसर्जनमा रोक लगाएका छन्। अवरोधपछि काठमाडौंबाट फोहोर बोकेर गएका कन्टेनरबीच बाटामै रोकिन बाध्य भएका छन् । ककनी–३, ५ र धुनीबेसी–१ का स्थानीयहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ। स्थानीयबासीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जनप्रतिनिधिहरू पनि सडकमा आएको बताइएको छ ।

 

प्रतिक्रिया