६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

स्वर्ग मातृभूमी नेपालले माईतीघर मण्डलामा ‘छिमेकी’ प्रदर्शन गर्ने


83
Shares

काठमाडौं, २७ असार । स्वर्ग मातृभूमी नेपालले ‘छिमेकी’ नाटक प्रर्दशन गर्ने भएको छ । कम्पनीले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी यही असार ३० गते शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा नाटक प्रदर्शन गर्न लागिएको जानकारी गराएको हो ।

स्वर्ग मातृभूमि नेपालकाउपाध्यक्षएवं प्रवक्ता यमबहादुर जिसीले छिमेकीमुलुकभारतले नेपालमाथि गरेको अन्याय र अत्याचारको भण्डाफोर गर्न र नेपालीहरु पनिअबजागरुकभएर आफ्नो राष्ट्र, संस्कृति र भूमिबचाउन लाग्नुपर्छ भन्ने सन्देश प्रवाहकालागि नाटक प्रदर्शनमाल्याउनलागिएको बताए ।

‘सदियौंदेखि भारतीयविस्तारवादले नेपालको भूमि अतिक्रमण गरिरहेको र सीमानामाभएका नेपालीहरुलाई दुखदिने कामगरिररहको अवस्था छ । सास्कृतिकनक्साको नाममा नेपालको भूमिलाई समेटेर नक्साजारी गरेको अवस्थामा नेपालीपनिझुक्नहुँदैन । सुगौली सन्धिबाट गुमेकाभूमिहरुसहित समेटेर हामीले पनि गेटर नेपालको नक्साप्रत्येक नेपालीमाझपुर्याउन पर्छ भन्ने सन्देश दिन यो नाटक प्रदर्शनमाल्याउनलागिएको हो,’– उपाध्यक्षएवं प्रवक्ताजिसीले भने ।

भारतले आफ्नो संसद्मा नेपालको भू–भागपनि समावेश गरेको संकेतिकविरोध स्वरुप ग्रेटर नेपालको नक्साअंकित टि–सर्ट लगाएर नाटक प्रदर्शनमा सहभागीहुने प्रवक्ताजिसीले बताए ।

स्वर्ग मातृभूमी नेपाल गैरनाफामूलक संस्थाहो । यसले जनचेतनामुलक सडक नाटक, स्वस्थशिविर, सरसफाई, रक्तदान, गरिब, असाहय र पीछडिएका समुदायहरुको स्वास्थ सेवाप्रभावकारी बनाउनएंबुलेन्स सेवालगयतको कामगर्दै आएको छ । साथै, घरेलु हिंसा, सम्बन्धविच्छेद, बालविवाहलगायतमहिलातथाबालबालिका सम्बन्धीविभिन्न सचेतनामूलककार्य पनि यस संस्थाले सञ्चालनगर्दै आएको छ ।

संस्थाले कृषकहरुलाई आधुनिक खेतीगर्नको लागिविभिन्नप्रकारको गोष्ठी सेमिनार, प्रशिक्षण र तालिमहरु र तालिमहरु पनि सञ्चालनगर्दै आएको छ ।

कार्यक्रममास्वर्ग मातृभूमि नेपालका संस्थापक सदस्यविजयखकुरेल, माधवखकुरेलसहितअन्य सदस्यहरुको पनिउपस्थिति रहेको थियो ।

प्रतिक्रिया