४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन


0
Shares

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधवार विहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

आकस्मिक रुपमा नर्भिक अस्पताल लगिएकी दाहालको निधन भएको विश्वस्त स्रोतले बताएको छ । उनी लामो समयदेखि अस्वस्थ थिइन् ।

नर्भिक अस्पताल स्रोतका अनुसार हृदयघातबाट सीता दाहालको निधन भएको हो ।

सीता दाहाल दीर्घरोगको समस्यामा परेपछि देश तथा विदेशमा उपचार हुँदै आएको थियो । उनका दुई छोरी छन् । छोरा प्रकाश दाहाल र छोरी ज्ञानु केसीको निधन भइसकेको छ ।
छोरा प्रकाशको निधनपछि विक्षिप्त भएयता सीताको स्वास्थ्यमा समस्या देखिदै आएको थियो । ६९ वर्षकी सीता प्रचण्डको राजनीतिक यात्राको विशेष सहयोगी पनि थिइन् ।
File Photo

प्रतिक्रिया