१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देशव्यापी अभियानमा सक्रिय प्राज्ञिक विद्यार्थी परिषदद्वारा गुल्मीको सत्यवती माविमा शैक्षिक सामाग्री वितरण


0
Shares

काठमाडौं, २६ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशव्यापी अभियान बढाइरहेको छ । उसले अभियान अन्तर्गत १५ जिल्लामा शैक्षिक सामाग्री वितरण अभियानलाई तिव्रता दिएको छ । प्राज्ञिकले मंगलवार गुल्मीको सत्यवती माविमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

शैक्षिक सामाग्री वितरणमा कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर क्षेत्री, प्राचार्य कृष्ण प्रसाद भण्डारी, अभिभावक संघका अध्यक्ष लेखनाथ भण्डारी, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीलगायत सामाजिक एवं शैक्षिक व्यक्तित्वहरुको उपस्थिति थियो ।
२३ असारमा काभ्रेको नैमिशारण्य गुरुकुलबाट शैक्षिक सामग्री वितरणको शुभारम्भ भएको हो ।

परिषद्ले देशका कुना काप्चामा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ । यसवर्ष देशका १५ जिल्लाहरुका विद्यालय स्तरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जनाएको छ ।

प्राज्ञिकले तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर, रुपन्देही, बाग्लुङ, गुल्मी, रोल्पा, कालिकोट, जुम्ला र डडेल्धुरामा शैक्षिक सामाग्री वितरण गर्ने राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए ।

शक्षिक सामाग्रीमा ब्याग, कपी, कलम, रेपिडेक्स पुस्नकल, जमेक्ट्री बक्स, नेपाली वृहत् शब्दकोश, टोली लगायत सामाग्री छन् । ती सामाग्री २५ सय २५ विद्यार्थीलाई वितरण गर्ने जनाइएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् कुनैपनि दलको भातृ संगठन होइन । २०५२ सालमा स्थापना भएको परिषद्ले देशका कुनाकाप्चामा पुगेर विद्यार्थी माझबाट असल, कुशल, राष्ट्रप्रेमी, योग्य नागरिक निर्माण गरी समृद्ध र आदर्श राष्ट्र पुननिर्माणमा महत्वपूर्ण भूमिका निभाइरहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया