३ आश्विन २०८१, बिहिबार | September 20, 2024

देउवालाई साक्षी राखी ओली फकाउने प्रचण्डको प्रयास


0
Shares

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त गर्न पहल थालेका छन् । उनले आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सिंहदरबारमा भेटेका छन् । भेटमा सत्ता गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भए ।

भेटमा तीन नेता हाँसेको तस्बिर सार्वजनिक भएको छ । देउवाले त ओलीसँग ठट्टा नै गर्दा हाँसो गुञ्जिएको थियो ।

प्रचण्डले प्रीतम सिंहको विषयमा पुस्तक विमोचनमा गत सोमवार विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग्दै आएको छ । प्रीतम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत जाने आउने गरेको भनेका थिए । प्रचण्डले भने अभिव्यक्ति बंग्याइएको दाबी गरेका छन् ।

सत्ता गठबन्धनका दलहरुको साथ पाएपछि प्रचण्डले आफ्नो सरकार सुरक्षित देखेका छन् । उनले आक्रामक कदमहरु चाल्दै विपक्षीलाई आच्छु आच्छु पारेका छन् ।

प्रतिक्रिया