६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

रविन तामाङको आज अन्तेष्टि गरिदैं


0
Shares

काठमाडौं, २४ असार । आफ्नै घरमा मृत फेला परेका नेपाली चर्चित रकस्टार रविन तामाङको आज स्वयम्भुमा अन्त्येष्टि गरिदैंछ । तामाङ परम्पराअनुसार आज अन्तिम सस्कार गरिने जनाइएको छ ।

त्यसअघि श्रद्धान्जलीका लागि रविनको पार्थिव शरिर आइतबार बिहान नक्सालस्थित संगित तथा नाट्य एकेडेमीमा राखिनेछ । उनका २ सन्तान फ्रान्सबाट आउन समय लागेकोले आज अन्त्येष्टि गर्न लागिएको हो ।  अभिनेता समेत रहेका तामाङ बुढानिलकण्ठ–५ चिसेनीस्थित आफ्नै निवासमा मृत भेटिएका थिए ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन फिल्म अभिनयमा जुटेका थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया