४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

गगन थापाको प्रधानमन्त्रीमा दाबी


0
Shares

काठमाडौं, २३ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका छन् । उनले अब आफू प्रधानमन्त्री बन्ने दाबी समेत गरे ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले देशमा नयाँ पुस्ताको प्रधानमन्त्री हुनुपर्ने बेला भइसकेको बताए । अब आफू प्रधानमन्त्रीमा अगाडि बढ्ने उनको भनाई थियो ।

आफू वा आफ्नो पुस्ताको प्रधानमन्त्री बन्नुपर्नेमा उनको जोड थियो । देशका प्रधानमन्त्री बन्नेमा एउटा क्लब जस्तै भएको र घुमिफिरी पुरानै पुस्ताकाहरु भइरहेकोमा उनको आलोचना थियो ।

काँग्रेसभित्र आफू सभापतिको दाबेदार बन्ने र संसदीय दलको नेतामा पनि प्रतिष्पर्धा गर्ने बताए । थापाले शेरबहादुर देउवाको विकल्प खोज्ने बेला भइसकेको र नयाँ पुस्ताले काँग्रेसको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

यसैगरी, काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन नभए २०८४ सालको चुनावमा नराम्रो परिणाम आउने बताए ।

प्रतिक्रिया