२३ भाद्र २०८१, आइतबार | September 8, 2024

जब सभामुखले शीर्ष नेतालाई भनेः मिलाउने कि चुनावमा जाने ?


0
Shares

काठमाडौं, १९ असार । प्रमुख दलका शीर्ष नेताहरु र सभामुखबीचको बैठकले संसदीय समितिको नेतृत्व चयन गर्ने सहमति बनाएका छन् । मंगलवार सभामुख देवराज घिमिरेले बोलाएको मुख्य दलका नेताहरुसँगको बैठकले यस्तो सहमति बनाएको हो ।

बैठकमा सहभागी कानूनमन्त्री धनराज गुरुङले संसदीय समितिको नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए ।

सभामख घिमिरेले दलहरुले सहमतिमा संसदीय समितिको नेतृत्व चयन नगरे निर्वाचन प्रक्रिया अगाडि बढाउने बताएपछि नेताहरु गम्भीर भएका हुन् ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कानूनमन्त्री धनराज गुरुङ सहभागी थिए ।

मंसिर ४ मा संसदको निर्वाचन भएपनि संसदीय समितिको नेतृत्व चयन हुन सकेको छैन । यसले संसदको कामकारबाहीको प्रभावकारितामा अवरोध आइरहेको छ ।

प्रतिक्रिया