३१ भाद्र २०८१, सोमबार | September 17, 2024

निर्मला लिम्बूको हातमा कोशी प्रदेश सरकारको साँचो, कस्ले मार्ला बाजी ?


0
Shares

काठमाडौं, १७ असार । राजनीतिमा कस्को कति शक्तिले मात्र अर्थ नराख्न सक्छ । कस्को कति आवश्यकता पर्छले पनि धेरै विषय निर्धारण गर्न सक्छ । यस्तै भएको छ कोशी प्रदेशमा ।

कसैको पनि बहुमत नपुग्दा कोशी प्रदेशमा मुख्यमन्त्री को बन्ने स्पष्ट छैन । प्रदेश सभामा सहभागी सबै दलले मुख्यमन्त्रीको दाबी गर्न थालेका छन् । यतिसम्मकी एकमात्र सांसद रहेको जसपा र ६ सांसद रहेको राप्रपाले पनि च्याँखे थापेका छन् ।

आइतवार कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आइतवार सरकार गठनका लागि आव्हान गरेका हुन् । उनले पाँच दिनभित्र बहुमत पुर्याएर मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न भनेको प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गरेको छ ।

शुक्रवार नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेशमा नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ । मुख्यमन्त्रीका दाबेदारहरुमध्ये नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु सक्रिय भएका छन् ।

नेपाली काँग्रेसले मुख्यमन्त्रीमा उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ । माओवादीका इन्द्रबहादुर आङवो पनि मुख्यमन्त्रीका दाबेदार छन् ।

कोशी प्रदेशमा ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुख्यमन्त्री दाबी गरेको छ । राप्रपाका भक्तिप्रसाद सिटौलाले सक्रियता बढाएका छन् ।

आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पनि छलफल बढेको छ । नेकपा एमालेले आलोपालो सर्वदलीय सरकार सञ्चालन गर्ने भए पहिलो आफ्नो दाबी हुनुपर्ने अडान राखेको छ । निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वंदलीय सरकार बनाउने भए पहिलो आफ्नो दलको पालो हुनुपर्ने शर्त राखेका छन् ।

नेपालको कोशी प्रदेशमा कुनैपनि दलको बहुमत छैन । कोशी प्रदेशमा सभामुखसहित ९३ सांसद छन् ।

नेकपा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एसको ४ र जनता समाजवादी पार्टीको १ सांसद छन् ।

एक मात्र सांसद रहेको जसपा निर्णायक शक्ति बनेको छ । जसका कारण सबै दलले मुख्यमन्त्री दाबी गरेका छन् । कसैको पनि बहुमत नपुगे कोशी प्रदेश मध्यावधिमा पनि जान सक्छ । तर, तत्काल चुनाव टार्न विभिन्न विकल्पमा छलफल बढेको छ ।

प्रतिक्रिया