२३ भाद्र २०८१, आइतबार | September 8, 2024

२७ घण्टापछि खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध


0
Shares

काठमाडौं, १७ असार । नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अबरुद्ध भएको छ ।

लगातार २७ घण्टा अबरुद्ध भएर सञ्चालनमा आएको यातायात राति साढे ११ बजे ३ नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक अबरुद्ध भएको हो ।

शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आए सडक राति ११ बजे पहिरो खसेपछि २ तर्फी सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।

अहिले सडकमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोको कारण लामो समयसम्म सडक अबरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया