बझाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं, १५ असार । बझाङबाट काठमाडौंका लागि छुटेको नाइटबस कपिलवस्तुमा दुर्घटनामा पर्दा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको नाइटबस आज बिहान ५ बजे शिवराज नगरपालिका ३ देउराली मोडमा दुर्घटनामा परेको हो ।
४० जना यात्रु बोकेर काठमाठौंतर्फ आउँदै गरेको बसमा ४० जना सवार थिए । ती मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये चार पुरुष र दुई महिला छन् । घाइतेमध्ये एक महिला र पुरुषको अवस्था गम्भिर रहेको छ ।
उनीहरुको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति र मोड भएको कारण दुर्घटना भएको हो ।