२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बोत्तल प्रहारबारे प्रकाश सपुतले भने–मानसिक रुपमा विक्षिप्त छु


0
Shares

काठमाडौं, १५ असार । गायक प्रकाश सपुतले रोमानियामा प्रस्तुती दिँदै गर्दा आफूमाथि आक्रमण भएको विषयले मानसिकरुपमा विक्षिप्त भएको बताएका छन् ।

सपुतले सामाजिक सञ्जाल फेशबुकमार्फत घटनाको घोर भत्सर्ना र निन्दा गरेका हुन् । घटनासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको स्पष्ट पारेका छन् ।

‘घटनासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घट्नाले मेरो मनमा गहिरो चोट पुगेको छ’, सपुतले लेखेका छन्, ‘अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु ।’

प्रतिक्रिया