प्रधानमन्त्रीको निजी सचिवमा अर्जुन भण्डारी

काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी सचिवमा अर्जुन भण्डारीलाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा केही समय अघि मात्र सरुवा भएका भण्डारीलाई प्रचण्डले निजि सचिवमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीको निजि सचिव राजस्व अनुसन्धान विभागको महानिर्देशक भएसँगै रिक्त रहेको सचिवमा भण्डारीलाई ल्याइएको हो ।