२३ भाद्र २०८१, आइतबार | September 8, 2024

यादवले उठेका प्रश्नको जवाफ दिँदै,आजै जसपाको अधिवेशन समापन


0
Shares

काठमाडौं, १२ असार । असार १० गतेदेखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा)नेपालको विधान अधिवेशन आज सकिदैंछ ।

आजको बैठकमा मस्यौदा विधान माथि समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ । १० समुहबाट समुहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन पार्टी अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।

प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा ५ वर्ष पार्टी सदस्यता लिएको ५ वर्ष हुनुपर्ने लगायतका नयाँ प्रावधान राखिएको विधान प्रस्ताव गरिएको छ ।

महाधिवेशनमा केन्द्रीय समितिका ४ सय २०, प्रदेश, जिल्ला, भातृ संगठनगरी देशभरबाट करिब ८ सय प्रतिनिधिहरु सहभागी भएको जनाइएको छ ।

प्रतिक्रिया