२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

श्रीमतीसँगको सम्बन्धको शंकाले आफ्नै साथीको खुन पिएपछि…


0
Shares

एजेन्सी,११ असार । कर्नाटकको चिक्कबल्लापुरमा एक व्यक्तिले आफ्नो साथीको घाँटी काटेर रगत पिएका छन् । नजिकै उभिरहेका आरोपीका साथीले घटनाको भिडियो बनाइरहेका थिए । मिडिया रिपोर्टका अनुसार घटना १९ जुनको हो।

घटनाको भिडियो सोमबार भाइरल भएपछि प्रहरीले एफआइआर दर्ता गरी आरोपीलाई पक्राउ गरेको थियो । आरोपितले आफ्नी श्रीमतीको साथीसँग अवैध सम्बन्ध रहेको आशंका गरेको प्रहरीले जनाएको छ ।
पहिले आरोपी र पीडितबीच झगडा भएको थियो । आक्रोशित भएर अभियुक्तले पीडितको घाँटी काटेका थिए ।

रिपोर्टका अनुसार आरोपी विजयले मारेशलाई भेट्न बोलाएका थिए । उनले उसलाई आफ्नो साथी जोनसँग जंगलमा लगे। त्यहाँ उनले पीडितलाई आफ्नी श्रीमतीसँगको अवैध सम्बन्धबारे सोधे । दुवैबीच झगडा भयो र हानाहान सुरु भयो ।

त्यसपछि विजयले धारिलो हतियारले मारेशको घाँटी काटेर रगत पिउन थाले । यस क्रममा नजिकै उभिरहेका उनका साथी जोनले यो घटनाको भिडियो बनाए । तर, भिडियो कसरी भाइरल भयो, त्यसको जानकारी आएको छैन ।

साथीको आक्रमणबाट घाइते भएका मारेशलाई स्थानीयले अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । जसका कारण उनको ज्यान जोगियो । हाल मरेश स्वस्थ छन् र उपचारपछि घर फर्केका छन् ।

मुम्बईमा ४ जना केटाले आफ्नो साथीको १८औं जन्मदिनमा हत्या गरेका छन् । उनीहरुबीच १० हजार रुपैयाँको विवाद चलिरहेको थियो । घटना वैशाख ३१ को हो । पक्राउ परेका ४ जना अभियुक्त मध्ये २ जना नाबालिग समेत रहेका छन् । हत्याका बेला आरोपीले साथीलाई केक खुवाएका थिए र जुन चक्कुले केक काटेका थिए त्यही चक्कुले हत्या गरेका थिए ।

प्रतिक्रिया