२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतीय फिल्म प्रतिबन्ध लगाउने कदमविरुद्ध आदेश जारी भएपछि अदालतविरुद्ध बोलेका बालेन शाहविरुद्ध अवहेलना मुद्दा


83
Shares

काठमाडौं, १० असार । भारतीय फिल्म प्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता वर्षाकुमारी झाले अवहेलनामा कारबाही हुनुपर्छ भनी निवेदन दिएकोमा आइतवार दर्ता भएको हो ।

निवेदनमा मेयर साहले भारतीय चलचित्र काठमांडूको हलमा चलाउन प्रतिबन्ध लगाएकोमा उच्च अदालतले त्यसविरुद्ध अन्तरिम आदेश दिएकोमा अवहेलना गरेको उल्लेख छ । साहले अदालतको आदेशविरुद्ध अभिव्यक्ति दिदै भारतको गुलाम भनेका थिए ।

आदिपुरुषमा सीता भारतको छोरी हुन् आशयको संवादलाई लिएर बालेन साहले काठमाडौंको हलमा भारतीय चलचित्र प्रतिबन्ध लगाएका थिए । त्यसविरुद्ध हल सञ्चालकहरुको नेपाल चलचित्र संघ उच्च अदालतमा रिट दायर गर्न पुगेको थियो ।

उच्च अदालतले भारतीय चलचित्र रोक्ने मेयर साहको कदमविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । मेयर साहले अन्तरिम आदेशविरुद्ध सामाजिक सञ्जालले प्रतिक्रिया दिदै आलोचना गरेका थिए ।

नेपालमा आदिपुरुषबाहेक भारतीय चलचित्र प्रदर्शन हुन थालिसकेको छ । तर, भारतीय चलचित्र प्रदर्शन रोक्न विभिन्न कोणबाट गतिविधि भइरहेको छ ।

प्रतिक्रिया